Welcome |
आफ्नै छोरीलाई जबरजस्ति करणी गरेर फरार बनेका कपिलवस्तु थुन्निया गाविस वडा नं. ७ का सुखराज भारतीलाइ वडा प्रहरी कार्यलय चन्द्रौटाले प्रक्राउ गरेको जानकारी दिएको छ । आइतबार जिल्लाको चन्द्रौटामा बडा प्रहरी कार्यलय चन्द्रौटाले पत्रकार सममेलन गरि घटनालाई सार्वजनिक गरेको हो । वडा प्रहरी कार्यलय चन्द्रौटाको पहलमा भारतमा लुकेर बसेको अवस्थामा बिषेश सुराकिको आधारमा प्रहरीले उनलाई कुसहवा बोडरबाट नियन्त्रणमा लिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी प्रमुख सन्तोष रोकाले जनाए । गत भाद्र २६ गने राती भारतीले आफ्नै १० बर्षकी छोरीलाई आमा माइत गएको अवस्था पारेर जबरजस्ति करणी गरेका थिए । जबरजस्ति करिणी गरे पछि पापी बाबु भारती फरार रहेका थिए । घटना बाहिर आए पछि जिल्लाका मानव अधिकारकर्मी, महिलाअधिकारकर्मी, सञ्चारकर्मीले प्रहरी समक्ष पिडक बाबुलाई पक्राउ गर्न दबाब दिएका थिए ।
त्यस्तै सोही गाविसमै गत भाद्र २८ गते स्थानीय ७ बर्षकि बालिकालाई जबरजस्ति करणी गर्ने स्थानिय बर्ष ३५का आनन्द बहादुर बिकलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । अर्घाखाचीको ठाडा गाविसबाट असोज १४ गते वडा प्रहरी कार्यलयको बिशेष टोलीले पिडक बि.क.लाई प्रक्राउ गरेको जनाएको छ । पक्राउ परेका बि.क.लाई असोज २६ गते नै सरकारी बकिलको कार्यलय पठाएको जनाएको छ । बि.क.ले गत २८ गते घरमा कोही नभएको अवस्था पारि राती १० बजे स्थानिय ७ बर्षिय बालिकालाई जबरजस्ति करणी गरेका थिए । सोहि घटनालाई स्थानिय केहि राजनैतिक दलका नेताले १ हजार रुपैयामा मिलाउने कोसिस गरेका थिए । घटनालाई एक हजारमा मिलाउन खोजेको सार्वजनिक भए पछि जिल्लाका सञ्चारकर्मी, महिलाअधिकारकर्मी, मानवअधिकारकर्मीले ले त्यसको सर्वत्र बिरोध गर्दै प्रहरी समक्ष ध्यानाकर्षण पत्र बुझाएका थिए ।
0 comments:
Post a Comment