Welcome
अष्ट्रेलियाकी एक महिला ४२ मिनेट मरेर पनि बाचेकी छन् । भेनेषा तानासियो नाम गरेकी ति महिलालाई चिकित्सकहरुले मृत घोषित गरेको करिब ४२ मिनेटपछि ती महिलाले पुनःजीवन पाएपछि चिकित्सकहरू समेत आश्यचार्यमा परेका थिए । उनका दुइ जना बच्चा थिए । ४१ वर्षीय ति महिलालाई हृदयघात भएपछि अस्पताल लागिएको थियो । अस्पताल पुर्याईसकेपछी उनलाई चिकित्सहरूले मृत घोषित गरेका थिए तर चिकित्सकहरुले उनको मष्तिष्कमा रगत जाने कार्यलाई निरन्तरता भने दिईरहेका थिए ।

चिकित्सकहरूले हार नमानी ती महिलाको मष्तिष्कमा पटक-पटक लुका-२ नामको उपकरणको प्रयोग गरेर रगत उनको मस्तिस्कमा पुर्याउने कार्यलाई तिब्र पारिरहे र आर्टरीलाई खोल्ने प्रयत्न गरे । चिकित्सकहरूको निरन्तर प्रयासपछि ती महिलाको आर्टरी खुलाउन सफल भए । यसरी आर्टरी खुलेपछि ती महिलाको मुटु फेरी चल्न थाल्यो र उनी पुनः सामान्य अवस्थामा फर्किइन् । यस घटनाबाट चिकित्सकहरू समेत निकै खुसी भएका थिए ।

मृत घोषणा गरेकी महिला भेनेषाले भनिन्, ‘ म करिब १ घण्टा मरेर फर्किए, अनौठो लागेको छ ।’ उनले आफ्नो हृदयघात भन्दा पहिलेको अवस्था र पछिको अवस्थालाई सम्झँदै भनिन्, ‘म घरको बरण्डामा बसिरहेकी थिए । त्यही बेला मलाई हृदयघात भयो र भुईमा ढलेँ, र मलाई कसैले उठाएर अस्पताल ल्याएको थाहा छ । र मलाई अस्पतालमा दुई दिन राखिएको बारे भने केही थाहा छैन् ।

0 comments:

Post a Comment

 
Top