Welcome
फोटो- अन्नपूर्ण क्षेत्रस्थित थोरंग-लामा हिउँ-तूफानको शिकारमा परेकाहरुलाई अस्पताल लाँदै नेपाली सेनाका जवानहरु । 

अशोज-३०, काठमाडौँ । अन्नपूर्ण क्षेत्रमा आएको हिउँ-तूफानका कारण २१ पर्वतारोहीहरु मारिएका छन् । बुधवार पश्चिमी मुस्ताङ र मनाङ जिल्लामा आएको उक्त तूफान पछी ८५ पर्वतारोही बेपत्ता भएका छन् ।

मुस्ताङ र मनाङ जिल्लामा आएको उक्त तूफानको कारण हिमालय क्षेत्रमा चारदेखि पाँच मीटरसम्म बरफ जमेको छ । अधिकारिहरुको अनुसार मुस्तांग जिल्लामा १६ मानिस मारिएका छन् । जसमा नेपालका ९, पोल्याण्ड र इजरायलका ३-३ तथा भीयतनामका १ जना पर्वतारोही शामिल थिए । उक्त ठाउँमा १९ जना घाइते बनेका छन् । यसको अलावा मनांग जिल्लामा बर्फीले तूफानको कारण पाँचजना मारिएका छन् । जसमा एक भारतीय र बाकी चार क्यानडाका नागरिक रहेका छन् ।

नेपाली सेनाले बताए अनुसार मुस्तांग क्षेत्रबाट १८ विदेशी पर्वतारोह‍िहरुको सुरक्षित रुपमा बचाईएको छ । ट्रैकिंग एजेन्सीका एक कर्मचारीले बताए अनुसार उनले बरफ जमेको पहाडमा २४-२५ जनाको लास देखेका छन् । नेपाली सेना उद्दारमा लागेको छ ।
Nepali sena
थोरंग-लामा हेलिकप्टरको सहायताले घाइतेहरुलाई अस्पताल लाँदै नेपाली सेना ।
Nepali sena in Thorang la

0 comments:

Post a Comment

 
Top