Welcome
असोज-३०, ललितपुर ।
छोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर जिल्ला अदालतले बुधवार एक बाबुलाई २० बर्षको जेल सजायको फैसला सुनाएको छ। ती बालिकाकी आमाले नै आफ्ना पतिविरुद्ध गत बैशाखमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

प्रहरी अनुसन्धानबाट उनले चार बर्षदेखि छोरीलाई जवर्जस्ती गरेको खुलेपछि अदालतमा मुद्दा दायर भएको थियो। स्कुल नगएको मौका छोपेर डरत्रास देखाई बलात्कार गरेको जाहेरी परेको थियो। अभियुक्त अदालतको आदेशअनुसार गत जेठ २२ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए।

पीडितको सामाजिक प्रतिष्ठालाई ध्यानमा राखेर प्रहरी र अदालतले नाम गोप्य राखेको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरको इजलासले अभियुक्तलाई २० बर्ष जेल सजायको फैसला सुनाएको हो। पीडितको मानसिक, शारिरिक र मनौवैज्ञानिक क्षतीपूर्तिका लागि राज्यका तर्फबाट स्वास्थ्य र मनौवैज्ञानिक परामर्श निस्शुल्क उपलब्ध गराउन पनि आदेश दिएको छ। अन्नपूर्ण पोस्ट

0 comments:

Post a Comment

 
Top