Welcome |
असोज-३०, काठमाडौं ।
धुलिखेलबाट साँझ गाडी लिएर काठमाडौंतिर हुइँकिएँ। गाडीमा १६ जना यात्रु थिए। भक्तपुरको ६ लेन सडकसम्म आइपुग्दा गाडी राम्रैसँग कुदिरहेको थियो। बानेश्वर कटेपछि सडक अलि ओरालो र गाडी पनि कमै गुडेका थिए। सिमसिम पानी परेको थियो। गाडी कति गतिमा हाँकेको थिएँ थाहै थिएन।
बबरमहल पुगेपछि गाडीलाई ओभरटेक गर्दा सिमेन्टको स्ल्याब देखेर झ्याप्प ब्रेक लगाएँ। गाडी पल्टियो। म पनि गाडीसँगै लडेँ। यात्रुहरू चिच्याएको याद छ। लौ अब मलाई मार्ने भएँ भनेर ज्यान जोगाउन गाडीबाट बाहिर निस्केर दौडिँदै पुतलीसडकतिर लागे। बौद्धमा आफन्तको घर थियो। पुतलीसडकबाट माइक्रोबस चढेर त्यहाँ पुगें।
हस्याङफस्याङ गर्दै पुगेपछि के भयो किन डराएको भनेर आफन्तले सोधे। के जबाफ दिने भन्ने भयो। एकैछिनमा थाहा पाइहाल्छन् भनेर सबै घटना सुनाएँ। किन यहाँ आएको पुलिसकोमा जाऊ भने। भोलि जान्छु भनेपछि बास दिए। भोलिपल्ट बस समितिबाट फोन आयो। तिमी पुलिसको शरणमा जाऊ भने। आउँदै गर्दा सिंहदरबार प्रहरीले नियन्त्रणमा लियो। -अन्नपूर्ण पोस्ट
0 comments:
Post a Comment