Welcome
फेसबुकबाट पछिल्लो समयमा बिभिन्न घटनाहरु घटेको सुनेका हुन्छौं । फेसबुक गर्दा कसैको हराएका मानिस भेटिएका छन् त कसैको ज्यान समेत गएको छ । यस आइ.टि. को दुनियालाई प्रयोग गर्न जानिएन भने कहिलेकाँही नराम्रो सँग ठक्कर आन सकिन्छ । भने कहिले काँही सानो सानो कुराले पनि लाज मर्दो बनाइदिन्छ ।

एउटा यस्तै घटना भएको छ चीनमा । अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुरा बुहारी परेपछि दुबै जना लाजले पानी पानी हुनु मात्रै परेर बाबुले छोराको कुटाईसमेत खानुपरेको छ ।

चीनको हेलोगजियांग प्रन्तमा भएको यो घटनामा ससुरा र बुहारी दुबैले आफ्ना पती पत्निलाई झुक्काएर लुकी अन्तै च्याट गर्थे । दुबैबीच अनजानवस च्याटमा भेट र कुराकानी हुन पुग्यो । ५७ बर्षीया वांग अनलाइन फ्रेण्ड बनाउने र कुराकानी गर्ने लत बसेको थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटीरहेका थिए जव कि उनी अवकाश प्राप्त सरकारी कर्मचारी थिए ।

उनले आफ्नो श्रीमतीको मृत्यु भईसकेको र आफू एक्लै भएको ति महिलालाई बताउथें । बुहारी लिलीले पनि आफ्नो श्रीमान पाँच बर्षदेखि जेलमा रहेको र आफू छोरोसँग मात्रै बस्दै आएको बताउँदै आएकी थिईन् । यति कुरा भईरहँदा दुबैले आफ्नो परिचय लुकाएका थिए । राती भएपछि दुबैबीच च्याट्मा कुरा हुन्थ्यो । पछि दुबैले फोटो पठाउने तय भयो अनि दुबैले आफ्ना साथीका राम्रा फोटो फर्काईदिए ।

फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । जुन दिन लिली र वांगबीच होटेलमा भेट्ने तय भयो त्यसैदिन लिलीको श्रीमान यात्राबाट घर पर्कीए र च्याटबारे जानकारी पाए । लिलीका श्रीमानले सोंचेकी दुबैलाई रंगेहात समात्नु परयो । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा थिए भने पछि श्रीमान पनि पुगे ।

त्यही श्रीमती र बुवालाई लिलीका श्रीमानलाई कुटफिट गरे त्यहीबेला प्रहरी आयो । अहिले अनलाईन लफडामा फसेका सासु बुहारीलाई प्रहरीले सोधपुछ गरिरहेको छ ।

0 comments:

Post a Comment

 
Top