April 13, 2025 05:48:17 PM Menu

Welcome
चितवन, काठमाडौंतर्फ आइरहेको बा१० प ९१४ नम्बरको फोर्स कम्पनीको फिगो गाडीले चितवनको फिस्लिङस्थित बजारमा  ठक्कर दिँदा तीन जना घाइते भएका छन् । फिस्लिङका स्थानीयबासी मनु गुरुङ,सागर गुरुङ र उनका एक वर्षीय छोरा गाडीको ठक्करबाट घाइते भएका छन् । घाइतेमध्ये एकको अबस्था गम्भीर भएको चितवनबाट रातोपाटी सहकर्मीले जानकारी दिएका छन् । बिहान ७ बजे भएको दुर्घटनाका घाइतेको अहिले चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।   यसैबीच स्थानीयलाई गाडीले ठक्कर दिएर घाइते बनाएपछि  त्यसको बिरोधमा  उत्रिएका स्थानीयबासीका कारण अहिले त्यो क्षेत्रको यातायात अबरुद्ध भएको छ । स्थानीयले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै घाइतेको उचित उपचार र क्षतिपूर्तिको माग गर्दै  सडक प्रदर्शनमा उत्रिएपछि हजारौं यात्रु बिहान ७ बजेदेखि अलपत्र परेका छन् । चितवनबाट काठमाडौंतर्फ आइरहेका सुमन पुडासैनीले आफू दुईघन्टादेखि अलपत्र परेको गुनासो गरे । तनावग्रष्त बन्न पुगेको फिस्लिङको स्थिती अझै सामान्य बन्न सकेको छैन । प्रहरीले स्थितीलाई सामान्य अबस्थामा फर्काएर अबरुद्ध सडक खोल्ने प्रयास भइरहेको जनाएको छ ।
27 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top