April 16, 2025 12:05:05 AM Menu

Welcome
SnapMain
युवाहरुमा निकै लोकप्रिय रहेको निःशुल्क फोटो तथा भिडियो मेसेज पठाउन मिल्ने मोबाइल एप्लिकेसन स्नापच्याटबाट लाखौं फोटो तस्विर तथा भिडियोहरु ह्याक भएका छन् । स्नापच्याट प्रयोगकर्ताहरुको करिब ९० हजार फोटो तथा भिडियो भएको एउटा फाइल अनलाइन पोस्ट गरिएको छ जसलाई ‘स्नापेनिङ’ नाम दिइएको छ ।
यसरी पोस्ट गरिएका तस्विरमा विशेष गरेर किशोर–किशोरीका आपत्तिजनक तस्विरहरु रहेका छन् । केही समयअघि मात्र विश्वका चर्चित सेलिब्रेटीहरुको मोबाइलमा रहेको आइक्लाउडबाट तस्विरहरु ह्याक गरेर सार्वजनिक भएपछि निकै ठूलो हंगामा भएको थियो ।
स्नापच्याटमा प्रयोग हुने स्नापसेभ्ड डटकमबाट ती तस्विरहरु ह्याक गरिएका हुन् । स्नापच्याटले उक्त वेभसाइटको वेभसरभरमा फाइल स्टोर गरेर एक अर्कामा आदान प्रदान गर्ने गर्छ । त्यहाँ रहेका फाइल केही समयमा आफै नष्ट हुनेगर्छ ।
ती तस्विरहरुको लिंकलाई फोरच्यान र रेडिटजस्ता वेभसाइटमा राखिएको छ । जसलाई हजारौंपटक गरिएको छ । स्नापच्याटका ५० प्रतिशत प्रयोगकर्ताहरु १३ देखि १७ वर्ष उमेरका छन् । प्रहरी अधिकारीहरुले यसमा चाइल्ड पोर्नोग्राफी हुनसक्ने आशंका गरेका छन् । धेरै किशोर किशोरीहरुले स्नापच्याटबाट आफ्ना नग्न तस्विरहरु एकअर्कालाई प्रयोग गर्ने गरेका छन् ।
27 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top