April 14, 2025 Menu

Welcome
article-2638352-1E2CDF4F00000578-164_634x493
थाइल्याण्डमा सैनिकले ‘कू’ मार्फत् सत्ता आफ्नो हातमा लिइरहेको बेला त्यहाँ रहेका राजकुमार र राजकुमारीको विवादास्पद भिडियो सार्वजनिक भएको छ । राजधानी बैङ्ककमा रहेको शाही दरबारमा भएको एक पार्टीको दौरान खिचिएको उक्त भिडियोमा राजकुमारी श्रीरास्मीलाई अधंनग्न देखाइएको छ । उनले कम्मर मूनि मात्र भित्री वस्त्र लगाएका छन् । भिडियोमा राजकुमार मह पनि सँगै रहेका छन् ।
भिडियोको सुरुवातमा राजकुमारी र राजकुमार कुर्सीमा बसेर खाइरहेको देखाइएको छ । त्यसपछि राजकुमारी, जो पूर्व वेटरेस् पनि हुन्, उनी उठेर आफ्नो कुकुरलाई खाना खुवाउँछिन् । एउटा दृश्यमा राजकुमारीले कुकुरको खाना खाने भाँडोबाट खाना खाने प्रयास समेत गर्छिन् । त्यसपछि सबैले उक्त कुकुरलाई जन्म दिनको शुभकामना दिएको देखाइएको छ ।
यस भिडियो सार्वजनिक भएपछि राजकुमार मह राजा भूमिबोल अदुल्यादेजको उत्तराधिकारी बन्न कति सक्षम भन्ने कुरामा बहस शुरु भएको छ । ८६ वर्षिइ राजा केही समयदेखि बिरामी रहेका छन् र सैनिक शासन लागु भएपछि उनलाई सार्वजनिक रुपमा देखिएको छैन ।

article-2638352-1E2CDF9200000578-288_634x478article-2638352-1E2C46D300000578-203_634x938
27 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top