Welcome |
तेहरान : अन्तर्राष्ट्रियस्तरमा ठूलो प्रयास भए पनि २६ वर्षीया इरानी महिला रेहाना जब्बारीलाई इरानी सरकारले फाँसीको तख्तामा झुन्डायो । बलात्कारको कोसिस गर्ने व्यक्तिको हत्या गरेको आरोपमा करिब सात वर्ष जेल सजाय काटेपछि गत अक्टोबर २५ मा रेहानालाई फाँसी दिइएको हो ।
महिलाले आत्मरक्षाका लागि हत्या गरेको दाबी गरे पनि उनको पक्षमा सुनुवाइ भएन। रेहाना जब्बारीलाई माफी दिनुपर्छ भन्दै अन्तर्राष्ट्रिय अभियान पनि चलाइएको थियो, तर तेहरानको जेलमा उनलाई क्रूरतापूर्वक फाँसी दिइयो । जब्बारीलाई इरानको गुप्तचर मन्त्रालयले पूर्वकर्मचारी मूर्तजा अब्दोआली सरबन्दीको हत्या गरेको आरोपमा सन् २००७ मा पक्राउ गरेको थियो।
फाँसी रोक्न फेसबुक, ट्विटरमा चलाइएका सबै अभियान खेर गए। रेहानालाई फाँसी भएसँगै उनले लेखेको पत्रले अहिले सबैलाई भावुक बनाएको छ। उनले त्यो पत्र आफ्नी आमाको नाममा लेखेकी छन्। पत्रमा उनले मृत्युपछि अंगदानको इच्छा व्यक्त गरेकी छन्। यो पत्र गत अप्रिल महिनामै लेखिएको थियो, तर यसलाई इरानका शान्ति समर्थक कार्यकर्ताले फाँसी भएको एक दिनपछि अक्टोबर २६ मा सार्वजनिक गरेका छन्। रेहनाले आमालार्इ लेखेको भावुक बनाउने पत्र पढ्नोस
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.