April 15, 2025 11:36:29 PM Menu

Welcome
सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यससँगै नेपालका श्रम गन्तव्य मुलुक ११० पुगेका छन् ।

एसओएस म्यानपावरले उज्वेकिस्तानका लागि माग ल्याइसकेको छ । उसले कोरियाली निर्माण कम्पनी सामसुङको स्काफोल्डिङ कामका लागि मासिक पारिश्रमिक ३ सय ५० डलर ३५ हजार रुपैयाँमा माग ल्याएको हो । मागबमोजिम कामदारले दैनिक ८ घण्टाका दरले सातामा ५ दिन काम गर्नुपर्छ । रोजगारदाता कम्पनीले कामदारको मृत्यु भए ३० हजार डलर करिब ३० लाख रुपैयाँको बिमा र अपांगता भए १५ हजार डलर १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सम्झौता गरेको छ । मौसमका हिसाबले उज्वेकिस्तानमा धेरै चिसो छ ।

मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग छलफल गरी म्यानपावरले कामदारलाई निःशुल्क उज्वेकिस्तान पठाउन सक्ने बताए । कुनै म्यानपावरले कामदारसँग भिसा, हवाई टिकट र सेवा शुल्क लिए कारबाही हुनेछ । कारोबार दैनिक
28 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top