April 13, 2025 Menu

Welcome
कर्नाली नदी संगै जोडिएको खोलाको किनारमा एक जना युवकको लास भेटिएको छ । सदरमुकाम मान्म देखि पश्चिम तर्फ पर्ने रकु गाविस वडा नं. ४ स्थीत रेगिलघाट बजार नजिकै रहेको लुसाखोलाको किनारमा युवकको लास भेटिएको हो । आज विहान रेगिलघाटबजारमा आवतजात गर्ने बटुवाहरुले खोलाको ढिकमा झोला र चप्पल खसेको भेटाएपछि मान्छे खसेको आशंकामा खोला र नदिको किनारमा हेर्दा अन्दाजी १५÷१६ बर्षको एक युवक मृत अवस्थामा भेटिएको छ । युवक खसेको ठाउमा झोला एउटा चपल भेटिएपनि युवक को, कहाँ कसको भन्ने कुनै पहिचान खुल्न नसकेको स्थानीय ब्यापारी विर्ख बहादुर गिरीले बताउनु भएको छ । मृतक ब्यक्ति नदिकै किनारामा खसेको र त्यहा जानआउन नसकिने ठाउ रहेको वहाले बताउनु भयो ।

यता जिल्ला प्रहरी कार्यालयबाट उद्धारको लागि प्रहरी टोली अहिले भर्ररै पठाईएको जिल्ला प्रहरी कार्यालय प्रमुख लक्ष्मण गुरुङ्गले बताउनु भएको छ । मृतक ब्यक्ति हिजोराती नै खसेको हुन सक्ने अनुमान स्थानीय ब्यपारीले गरेका छन् ।
28 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top