Welcome |
नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै रिले अनसन बसिरहेको श्रीश्रीश्री स्वामी निवास आचार्य तथा उनका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेपछि स्थिती तनावग्रस्त बनेको छ । अनशन रत्नपार्कस्थित शान्तिबाटिकामा बसेको र प्रहरीले सोहि स्थानमा अनशन बसेका केहि अनसनकारीलाई पक्राउ गरेपछि रत्नपार्कमा तनावको स्थिति सिर्जना भएको हो ।
शान्तिबाटिकामा गत बैशाख ८ गतेदेखि स्वामी निवासको नेतृत्वमा त्यहाँ रिले अनसन चल्दै आएको छ । महानगरपालिकाले प्रहरीको सहयोगमा मंगलबार बिहान सातजना अनसनकारीलाई त्यहाँ पक्राउ गरेर लगेको थियो भने रिले अनसनका लागि बनाइएका पाललगायतका संरचना पनि प्रहरीले हटाएको थियो ।
स्वामी निवासलाई प्रहरीले घेरेर राखेको छ । स्वामी निवासले हिन्दु धर्म र संस्कृतिका लागि आफू अनसनमा बसेको र सरकारले अपमान गरेको बताए । प्रदर्शनकारीले धर्मनिरपेक्षता खारेज गर, गौहत्या बन्द गर, गृहमन्त्री राजीनामा दे, मौलिका संस्कृति मास्न पाइदैन, ओमकार परिवार हौं, धर्म परिवर्तन गर्नेलाई कारबाही गर जस्ता नारा लगाइरहेका छन् । स्वामी निवासका समर्थकहरुले त्यहाँ नाराबाजि सहितको जुलुश प्रदर्शन गरीरहेका छन् ।
0 comments:
Post a Comment