Welcome |
सडक चौडा पार्ने सरकारको निर्णय विरुद्ध गुल्मीमा पनि जन दवाव सुरु हुने भएको छ । यहाँ स्थित रेसुङ्गा नगरपालिकाले आयोजना गरेको सडकको मापदण्ड निर्धारण गर्ने छलफल कार्यक्रममा यहाँका सवै राजनैतिक दल र नागरिक समाजले सरकारको यो निर्णयले सडक छेउछाउँका घरहरु ध्वस्त हुने भन्दै सरकारको उक्त निर्णयको विरोध गरिएको थियो ।
जिल्लाको सहायक राजमार्ग अन्तरगत रिडी , वलेटक्सार श्रृंगा, लुम्छा गैडाकोट र सदरमुकाम तम्घासका अधिकांस घरहरु द्धवस्त हुने भएकोले त्यसवाट जनतालाई जोगाउन यहाँका प्रमुख राजनैतिक दलका नेताहरुले सरकारको उक्त निर्णय संशोधन गर्न माग गरेका छन् । सहायक राजमार्गमा ४२ फिट , तम्घास सिमलटारी जस्ता सडकहरुमा ३० फिट, नगरपालिका भित्रका सडकहरुमा १२ देखि ३० फिट सम्म सडक चौडा पार्ने सरकारको निर्णयले जनताका घरवास उठ्ने भन्दै त्यसको विकल्प स्थानियवासीले नै खोजेर सरकारलाई निर्णय दिने सहभागि राजनैतिक दलका नेता र नागरिक समाजको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका मधुकृष्ण पन्त , एकिकृत नेकपा माओवादीका अशोक थापा लगायत सवै राजनैतिक दलका नेताहरुले जनताको घर पटक्कै भत्काउन नदिने कुरामा जोड दिएका थिए । उनिहरुकै जोडमा सडक मापदण्ड संशोधन दवाव समिति समेत गठन गरिएको छ ।
जिल्ला स्तरिय दवाव समिति संयोजकमा सत्तारुढ दल नेपाली कांग्रेसका श्रीप्रसाद भलामी रहेका छन् । त्यस्तै सदस्यहरुमा नेकपा एमालेबाट डिल्लीराज भुसाल, एकिकृत नेकपा माओवादीबाट अशोक थापा, राप्रपा नेपालबाट ठाकुरप्रसाद पाण्डे, नेकपा मालेबाट जिवराज अर्याल, राष्ट्रिय जनमोर्चाबाट हरिलाल न्यौपाने, राप्रपाबाट भरतबहादुर चन्द रहेका छन् ।
समितिमा अखण्ड पार्टीबाट खड्गबहादुर जिसी, नेकपा एकिकृतबाट नन्दबहादुर राना , परिवार दलबाट पशुपति पाण्डे, नेकपा–माओवादीबाट प्रशान्त वराल , गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे र नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल रहेका छन् । समितिले सरकारलाई छिट्टै दवाव दिन जाने जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, निमित्त स्थानिय विकास अधिकारी भक्तीराम मरासीनी, रेसुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्ली लगायतको सहभागिता थियो ।
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.