Welcome |
पर्वत जिल्लाको पाङ गाविसको मालढुंगामा रहेको श्रमिक प्राथमिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई कोरियामा रहेका एक विद्यालयले सहयोग गरेको छ ।
बाग्लुङग र पर्वतको सिमानामा रहेको मालढुंगामा कालिगण्डकी किनारमा बालुवा थुपारेर,गिटी कुटेर ,माछा मारेर आफ्नो जिवीकोपार्जन गर्दै आएका मजदुर तथा श्रमिकहरुका छोराछोरी पढाउने उद्देश्यले २०६६ सालमा जिफन्टको सहयोगमा स्थापना भएको सो विद्यालयलाई ‘सोफिया हायर सेकेन्डरी स्कुल’ले सहयोग गरेको हो ।
श्रमिक विद्यालयमा पढ्ने ३५ जना विद्यार्थीलाई जाडोका लागि ज्याकेट, स्वीटर तथा विभिन्न शैक्षिक सामाग्रंी हस्तान्तरण्ँ गरिएको विद्यालयले जनाएको छ । मालढुंगामा बस्ने सुकुम्बासी श्रमिकहरुलाई काम र तिनका आश्रित बालबालिकालाई शिक्षा दिने उद्देश्यले यो विद्यालय स्थापना गरिएको विद्यालयका संस्थापक अध्यक्ष तथा जिफन्टका जिल्ला अध्यक्ष शिबप्रसाद पौडेलले बताउनुभयो । वषभरि गिटी कुट्ने र बालुवा चालेर जीविका चलाउने श्रमिकहरुले बालबालिकालाई शिक्षा दिन नसक्दा उनीहरुको भविष्य अन्धकार बन्ने अवस्था आएकाले विभिन्न दातृ संस्थाको सहयोगमा सो विद्यालय स्थापना गरिएको पौडेलले जानकारी दिनुभएको छ ।
३ कक्षासम्म पढाई हुने सो विद्यालयमा आवश्यक भवन तथा कोठा नहुँदा एउटै कोठामा २ वटा कक्षा संचालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक तेजेन्द्र आचार्यले बताउनुभयो । ५ कक्षासम्म संचालनको अनुमति भएपनि विद्यालयसँग प्रयाप्त स्रोत साधनको अभाव हुँदा ३ कक्षा मात्रै संचालन गर्नुपरेको उहाँको बताउनु भयो ।
३ कक्षा भन्दा माथि पढ्न जान बालबालिकालाई समस्या भएको र बिचैमा पढाई छाड्ने गरेकाले ५ कक्षासम्म सञ्चालन गर्नु आवश्यक भएकाले भवनको पहल गरिदिन आग्रह समेत गर्नुभयो ।
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.