Welcome
हिन्दुराज्यको माग गर्दे काठमाण्डौको रत्नपार्कमा अनसन बसेका धर्मगुरुहरुलाई प्रहरीले दमन गरेको बिरोधमा सुनसरीको इटहरी स्थित राप्रपा नेपालका कार्यकताहरुले निकालेको बिरोध कार्यक्रममा शुक्रबार प्रहरी र कार्यकर्ताबिच झडप भयो  ।

नेपाललाई हिन्दुराज्यको माग सहित नारावाजी गर्दे गृहमन्त्री वामदेव गोतमको पूत्ला दहन गर्ने क्रममा राप्रपा कार्यकता र प्रहरी बिच झडप भएको हो । झडपमा परी राप्रपा नेपालका सभाषद रामकुमार शुब्बाका छोरा सोसो सुब्बाको टाउको फुटेको छ भने केहीको हात तथा सरीरको बिभिन्न भागहरुमा चोट देखीएको छ ।
त्यसतै हिन्दुधर्म र त्यसका धर्मगुरुहरुमाथी राज्यले अपमान गरेको विरोधमा राप्रपा नेपालले नुवाकोटमा प्रहरीकै अगाडी उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको पुत्ला दहन गरेको थियो ।


त्यसतै गृहमन्त्रीको पुत्ला जलाउने राप्रपा नेपाल कार्यकर्ता र प्रहरीबीच पुत्ला खोसाखोस हुँदा काठमाडौंको रत्नपार्कमा सुन्धाराबाट आउदै गरेको माइक्रोबा आगो लाग्यो । यद्दपी आगो छिट्रटै नियन्त्रणमा लिनाले कुनै क्षति भएन । पुत्ला जलाउने क्रममा एक प्रर्दशनकारीलाई समेत आगोले पोलेको थियो ।


त्यसतै गृह मन्त्री बामदेव गौतमले हिन्दु धर्मको अपमान गरेको भन्दै राप्रपा नेपाल पर्वतले पर्वतको सदरमुकाम कुश्मामा गौतमको पुत्ला दहन गरेको छ । पुत्लादहन कार्यक्रममा बोल्दै राप्रपा नेपाल पर्वतका सचिव प्रकाश पौडेलले ८० प्रतिशत हिन्दु भएको मुलुकमा मन्त्री जस्ता जिम्मेवार व्यक्तिले हिन्दु धर्म विरुद्ध बोल्नु राम्रो नभएको बताए ।

त्यसतै हिन्दु राज्यको माग गर्दै अनसन बसेकाहरुलाई दमन गर्नुको कारणवारे राप्रपा नेपाल संसदिय दलका नेता कमल थापाले गृहमन्त्री सँग जवाफ मागेका थिए । सरकारले जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी थापाले दिएपछि गृहमन्त्री वामदेव गौतम सदनलाई जानकारी गराउन थाले । गृहमन्त्री गौतम वोलिरहेका वेला उनको जवाफ चित्त नबुझेको र आपत्ति जनक शब्द प्रयोग गरिएको भन्दै राप्रपा नेपालको सभाषद्हरुले सभाहलको वेलमा उभिएर नारावाजी गरेका थिए । राप्रपा नेपालका सभाषद्रुले गृहमन्त्रि विरुद्ध गालिगलौजपुर्ण नरावाजी गरेका थिए ।

0 comments:

Post a Comment

 
Top