Welcome |
चोरी गरेको आरोपमा रौता –४ नामनतामा शनिबार स्थानीय बासिन्दाले १० वर्षीय बालकलाई यातना दिएका छन्। स्थानीय लालबहादुर मगरका पसलमा चोरी गरेको भन्दै बाबु नभएका दिनेश मगरलाई रातभर यातना दिइएको हो ।
४२ वर्षीय लालबहादुरसहित ३६ वर्षीय दानबहादुर मगर,कमल मसाइली मगर,जयप्रसाद यादबसमेतले यातना दिएको बालकका मामा गंगा मगरले बताए। लालबहादुरको समूहले दिनेशलाई शुक्रबार रातिदेखि शनिबार बिहानसम्म सिस्नुपानी लाएर यातना दिएको उनले बताए।
‘मादक पदार्थ सेवन गरेका लालबहादुरको समूहले दिनेशलाई रातभर घरको दलिनमा झुन्ड्याएछन्,’ गंगाले भने,‘पसल चोर्नेलाई यसरी नै सजाय दिनुपर्छ भन्दै नांगै बनाएर सिस्नुपानी लगाएछन्।’ सानी आमाले थाहा पाएर जाँदा दिनेशलाई उल्टो बनाएर सिस्नुपानी लगाएको अवस्थामा देखेको उनले बताए। दिनेशका बाबु तारणको मृत्यु भइसकेको छ। आमा गोपीमाया दुई वर्षदेखि वैदेशिक रोजगारीमा छन्।
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.