| Welcome |
एजेन्सी । धेरै महिलासँग सुत्ने पुरूषलाइ हाम्रो समाजले मात्र होइन विश्वकै समाजले राम्रो मन्दैन । अझ एकभन्दा बढीसँग योनसम्पर्क गर्नेलाइ एचआइभीजस्ता खतरानक रोग लाग्नसक्छ ।
तर, सुन्दा अचम्म लाग्न सक्छ, जो बढीभन्दा बढी महिलासँग सुत्छ उसलाइ प्रोस्टेट क्यान्र हुने सम्भावना कम हुने अनुसन्धानबाट खुलेको छ । एक प्रतिवेदन अनुसार २० भन्दा बढी महिलासँग यौनसम्पर्क गरे मानिसमा क्यान्सरका सम्मावना २८ प्रतिशत कम हुन्छ ।
आक्रामण ट्युमर समेत १९ प्रतिशतले कम हुन्छ ।
बेलायतमा गरिएको अध्ययनले कुनै पुरूषले जति महिलासँग यौनसम्पर्क गरेको छ, प्रोस्टेट क्यान्सरको सम्भावना उत्तिकै कम देखाएको छ । पुरूषको वीर्यबाट प्रोस्टेट क्यान्सरको खतरा बाहिर जान सक्ने आकलन गर्दै अब जति सक्दो सम्भोग बढाउन वा हस्तमैथुन गर्न उपयुक्त हुने अध्ययनकर्ताहरूको सुझाव छ । ब्रह्मचार्यलाइ भने अब यो अध्ययनले चुनौती थपेको छ ।
0 comments:
Post a Comment