Welcome |
नेपाली पहाडे मूलकी एक युवतीलाई ललाइफकाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको नैन्ही गाविस–२ बस्ने २१ वर्षीय प्रदीप झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले बताए । काठमाडौँ घर भएकी एक युवतीलाई झाले ललाइफकाई भारतमा नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने झूटो प्रलोभन दिएर महोत्तरीको मूल भन्सार कार्यालय भिट्ठामोड हुँदै भारत लैजान लागेको अवस्थामा बिहीबार सीमा सुरक्षामा खटेका नेपाल प्रहरीका नायब निरीक्षक पृथी खत्रीको नेतृत्वका टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बेचबिखन गर्ने उद्देश्यले युवतीलाई भारत लैजान लागेको झामाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेको छ । ती युवतीलाई निजको परिवारजनलाई जिम्मा लगाउन काठमाडौं खबर गरिसकेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.