Welcome |
इण्डोनेसियाको अनौठो तथा अत्यासलाग्दो यथार्थ बाहिर आएको छ । इण्डोनेसियामा महिलाहरुले प्रहरीमा भर्ति हुनका लागि आफ्नो कुमारित्व प्रमाणित गर्नुपर्छ । प्रहरी छनोटको बेला ति भर्नामा रहेका महिलाहरुलाई निर्वस्त्र पारेर कुमारित्व परिक्षण गरेपछि मात्र प्रहरीका सम्भावित उमेद्धार बन्न पाउँने नियम छ ।
इण्डोनेसियाको मानव अधिकार संगठनको प्रतिवेदन अनुसार त्यहाँका जल्दाबल्दा महिला प्रहरी अधिकारीहरुलाई कुमारित्व परीक्षणका लागि बाध्य पार्ने गरिएको छ । यो वर्षको सुरुमा भर्ति सुरु भएर छनोटमा परेका ७ हजार महिला प्रहरीहरु विभिन्न खाले मापदण्ड पूरा गर्दै अहिले तालिम गरिरहेका छन् । इण्डोनेसिया प्रहरीले कुनैपनि महिलाले त्यहाँको प्रहरीमा भर्ति हुनका लागि साढे १७ देखि २२ वर्षको उमेर हद तोकेको छ । साथै धर्म मान्नुपर्ने, कम्तीमा ५ फिट ५ इन्च उचाइ हुनुपर्ने तथा आँखामा चस्माको प्रयोग नगरेको हुनुपर्ने नियम छ । यति कुरा साधारण नियम हुन् तर पुलिसमा जागिर खानको लागि महिलाहरु भर्जिन अर्थात् कुमारी समेत हुनुपर्ने अचम्मको नियम पनि रहेको छ ।
इण्डोनेसिया प्रहरीको वेबसाइटमा भनिएको छ, ‘प्रहरी बन्न चाहने महिलाले चिकित्सा तथा शारीरिक परीक्षणका अलवा कुमारित्व परीक्षण समेत गर्नुपर्नेछ, जसका कारण प्रहरी बन्न चाहने महिलाले आफ्नो कुमारित्व बचाइ राख्नुपर्नेछ ।’ ह्युमन राइट्स वाचका अनुसार प्रहरीमा जागिरका लागि आवेदन दिएका मध्ये धेरैलाई यस्तो कुमारित्व परीक्षणको आवश्यकता बारेमा निकै ढिलोगरी मात्र जानकारी दिने गरिएको छ ।
आफु निकै डराएको तथा तर्सिएको भएपनि आफुले कुमारित्व परीक्षण नगरेमा प्रहरीमा छनोट हुन नसक्ने भएकाले यसलाई अस्विकार गर्न नसकेको एक जना महिलाले ह्युमन राइट्स वाचलाई बताएको ग्लोबल पोष्टले जनाएको छ । एक महिला आवेदकका अनुसार कुमारित्व परीक्षण गर्न भनि आवेदकलाई अरु २० जना उमेद्धारको अगाडि निर्वस्त्र बनाइन्छ र ढोका नभएको कोठामा २-२ जना गरी लगिन्छ । त्यसपछि उनीहरु कुमारी भए नभएको कुरा पत्ता लगाउन आन्तरिक परीक्षण गरिन्छ । यसमा युवतीको कन्याजाली च्यातिएको वा नच्यातिएको हेरिन्छ ।
तर इण्डोनेसियाको राष्ट्रिय प्रहरीका प्रवक्ता रोमी सोमपाइले भने प्रहरीमा भर्ति हुँदा महिला उमेद्धारको कुमारित्व परीक्षण गरिने भएपनि छनोट हुनका लागि महिला उम्मेद्धार कुमारी नै हुनु नपर्ने स्पष्ट पारेका छन् । महिला र पुरुष दुबैको शारीरिक तथा यौनिक परीक्षण गरिने भन्दै उनले महिला उमेद्धारको कुमारित्व परीक्षण त्यसको एक अंश भएको बताएका छन् ।
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.