Welcome
नेपाल सरकारले तोकेको भन्दा कम तलब दिई काममा लगाएको भन्दै बिरुद्धमा हड्तालमा उत्रिएका मध्ये १ सय १९ नेपाली कामदारलाई स्वदेश फर्काउने भएको छ ।

फ्रिल्यान्स ट्रेडिङ एण्ड कन्ट्रक्टीङ र कतार मिडिलिष्ट कम्पनीमा रहेका ६ सय नेपाली कामदार काम बन्द गरी हड्तालमा उत्रिएका थिए। कम्पनीले नेपाल सरकारले तोकेको तलब दिन नसक्ने भएपछि १ सय १९ जनालाई स्वदेश पठाउन लागेको हो ।

नेपाली कामदारले सरकारले तोकेको तलब नपाए घर जाने भनेर अडान राखे । त्यसमा कम्पनी घर पठाउन तयार यो , नेपाली दूतावासका श्रम सहचारी लिलानाथ दाहालले  ने, बाँकी कामदार पुरानै तलबमै काम गर्न फर्केका छन्।ु

सरकारले दुई वर्षअघि देखि नै ९ सय तलब र ३ सय खाना गरी १२ सय रियाल तोकेको थियो । त्यस कम्पनीमा रहेका नेपालीले ६ सय रियाल मात्रै पाउदै आएका छन् ।  सरकारले तोकेको तलब दिनुपर्छ भनेर हामीले उठाएको बिषय गलत हुदै होइनु, बर्दियाका नरेन्द्र थापा मगरले भने, यहाँ हामी पसिना बगाउन मात्रै होइन, पैसा कमाउन पनि आएका हौं । महिनाभरि कमाएको पैसा खानामा मात्रै ठिक्क भए किन बस्नु र रु घर जान तयार भएकाहरुलाई प्रहरीले डिपोर्टटेशन सेन्टर (घरफिर्ती केन्द्र०मा ल्याएर राखेको छ । श्रम सहचारी दाहालका अनुसार उनीहरुलाई दिनको ६० जनाको दरले नेपाल पठाइने भएको छ । ुसबैले पाउनुपर्ने हिसाब दिएर पठाउने सहमति भएको छु, उनले भने । केही नेपाली ऋण बाँकी नै रहेकोले पुरानो तलबमै काम गर्नुपरेको बताए । कान्तिपुर दैनिक
28 Nov 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top