Welcome |
जोहानिसबर्ग । स्कीम पनि कति थरिका ? अचम्मको घटना बाहिर आएको छ । स्किम प्रति मानिसको स्वाभाविक आकर्षणलाई मध्येनजर गरि अफ्रिकामा एक च्यारिटी संस्थाले ६० ओटा मुसा मार्नेलाई एउटा मोबाइल उपहार दिने स्कीम सार्वजनिक गरेको छ ।
यहाँको कयौं इलाकामा मुसाको आतंक रोक्न उक्त संस्थाले यस्तो स्किम निकालेको हो । मुसाबाट प्रभावित मानिसहरुको चाहना बमोजिम उक्त संस्थाले 'मुसा मारौँ, मोबाइल पाऔं' नामक एक स्कीम निकालेको हो ।
संस्थाले यो स्किम निकालेपछि यो स्कीम एकदमै हिट बनेको छ जसको प्रभावले मानिसहरु दिनभर मुसा खोज्ने र मार्ने काममा व्यस्त रहेका छन् । स्किमको फाइदा लिंदै कयौं मानिसले २ ओटा सम्म उपहार प्राप्त गरिसकेको कुरा बिदेशी संचार माध्यममा खबर छ ।
0 comments:
Post a Comment