Welcome
कार्तिक-१७, काठमाडौं ।
सौर्य आँधीका कारण पृथ्वी छ दिनसम्म अन्धकार हुने हल्ला चलिरहेको बेला खगोलसम्बन्धी अध्ययनको लागि सबैभन्दा विश्वासिलो निकाय अमेरिकाको नासाले सूर्यको वरिपरि विशालवस्तुले परिक्रमा गरिरहेको पुष्टि गरेको छ । सामाजिक सञ्जाल र विभिन्न वेबसाइटहरुमा नासाको हवाला दिँदै विभिन्न भ्रमपूर्ण समाचारहरु प्रकाशित भइरहेको बेला गत अगस्ट ३१ (कात्तिक १४) मा नासाले सूर्यको तस्बिरसहितको आधिकारिक धारणा बाहिर ल्याएको हो । नासाले आफ्नो वेबसाइटमा सूर्यको वरिपरि कालो वस्तुले परिक्रमा गरिरहेको उल्लेख गरेको छ । साथै नासाका अनुसार त्यो कालो वस्तुको आकार दिनदिनै बढिरहेको छ । नासाले उक्त वस्तु सूर्यमा ठोक्किएर ज्वाला निस्कने सम्भावना औंल्याउँदै त्यसको खतरा पृथ्वीसम्म नआइपुग्ने भए पनि पृथ्वीको कक्षमा रहेको भू–उपग्रहहरुमा भने खतरा पुग्नसक्ने जनाएको आजको आर्थिक दैनिकले खबर छापेको छ ।


गत अक्टोबर १८ मा सूर्यको बारेमा अध्ययन गरिरहँदा यस्तो निष्कर्ष निकालेको वेबसाइटमा उल्लेख गरिएको छ । २४ वर्षसम्म यसको निरन्तर अध्ययन गरिएको छ । साथै २४ वर्षमा यसको आकार प्रकारको अध्ययन गर्दा यो कालो वस्तुको मात्रा बढ्दै गएको देखिएको छ । ‘यसको आकार बढ्दै गएको भए पनि हालसम्म यसले कुनै असर भने देखाएको छैन’,


सौर्यसम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिक एलेक्स योङले भने । तर यो कालो वस्तुका केही कणहरु मात्रै पनि पृथ्वीको नजिक आयो भने पृथ्वीको वरिपरि रहेका भूउपग्रहरुमा गम्भीर असर पर्ने र क्षतिसम्म पनि हुन सक्दछ । जसले आधुनिक सञ्चार प्रविधि जुनसुकै बेला पनि बन्द हुन सक्नेछ । यो कालो वस्तु अहिले १० वटा ठूला टुक्रामा बाँडिएको छ । साथै यसलाई यही नाभेम्बर २३ तारिखदेखि आम मानिसले पनि सहजै देख्न सकिने भएको छ ।


बिहान सूर्योदयको समयमा आकाश सफा भएको बेला सूर्यको वरिपरि उक्त वस्तु देख्न सकिने नासाको वेबसाइटमा उल्लेख छ । यसको एक ढिक्का भने ज्यादै ठूलो रहेको छ । आधा प्रकाश वर्ष बराबर छ लाख स्क्वायर माइल हुन्छ । यस आधारमा यसको साइज सन् १८७४ मा दुई हजार सात सय ५० एमएच मिलियन बराबरको रहेको थियो । तर यो हालसम्म पनि बढ्ने क्रम भने जारी छ । आकाशमा रहेका ३२ हजार सक्रिय क्षेत्रमध्ये यो ३३औं स्थानमा रहेको छ । सन् १९९० मा यसको अध्ययन गर्दा यसको आकार तीन हजार ८० एमएच रहेको थियो । ‘यति धेरै मात्रामा एकै प्रकारका फ्लेयरहरु एकै ठाउँबाट उत्पादन भएका छन् । सौर्य क्षेत्रको विषयमा अध्ययन गरिरहेकाहरुको लागि यो महत्वपूर्ण क्षेत्र हो’, नासाका वैज्ञानिक डिन पेस्नेलले भने, ‘यसको अध्ययन बढ्दै जाँदा पूरै ब्रह्माण्डको मौसमको बारेमा पनि हामीले पत्ता लगाउन सक्दछौँ, सम्भाव्यता छ तर खोजीमा निरन्तर लाग्न जरुरी छ ।’

0 comments:

Post a Comment

 
Top