Welcome |
नयाँ दिल्ली (एजेन्सी) महिलाहरुसंग जोडिएको घटनाबाट छुटकारा पाउन केहि महिलाहरु र एनजीओ मिलेर एउटा भिडियो तयार गरेका छन् । उक्त भिडियो यस्तो भायरल भयो कि यसले फेसबुक र ट्विटरमा हंगामा मच्चाईदिएको छ । हुन पनि कयौं त्यस्ता कानुन जसले सबै कुरालाई आफ्नो कठघरामा ल्याउन सक्दैन । सरकार तथा कानुनले सबैलाई खुला सौचालय नगर्न र सबैको घरमा सौचालयको ब्यबस्था गर्न भन्छ तर पनि यो कुरा लागु हुन नसकेको अवस्थामा ति महिलाहरु जागरुक भई आम रुपमा जनचेतना दिने हेतुले यस्तो भिडियो बनाएका हुन् ।
तल दिईएको भिडियो भारतको नयाँ दिल्लीको हो । जसमा एक महिलाले खुला स्थानमा सौचालय जाने मान्छेहरुलाई रोक्न जागरूकता फैलाउँदै छिन् । साथै उनीहरुले आफ्नो घरमा सौचालय बनाउन निर्देशन गर्दै सौचालय सम्बन्धित कयौं प्रश्न पनि गर्ने गरेका छन् ।
एक रिपोर्टको अनुसार भारतमा लगभग 636 मिलियन मानिसहरुको घरमा सौचालय छैन । सौचालय नभए पछी मानिसहरु आफुले चाहेको समयमा सौचालय जान लजाउँछन् । त्यहि लाजका कारण भारतमा लगभग १३ घण्टासम्म महिलाहरु ट्वाइलेट जाँदैनन् । जसको कारण उनीहरुको ब्लडमा इन्फेक्शन भई कयौं खतरनाक रोगका सिकार हुनुपर्ने अवस्था रहेको छ ।
0 comments:
Post a Comment