| Welcome |
यस्तै यो विवाद समाधान नभएसम्मका लागि वेष्टइन्डिजसँगको दुई पक्षिय क्रिकेट सम्बन्ध निलम्बन गरिएको बिसिसिआईले जनाएको छ । बिसिसिआईले १५ दिन भित्र यस बारे ठोस निर्णय नगरे कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी समेत दिएको छ ।
पाँच एक दिवसीय, तीन टेस्ट र एउटा ट्वेन्टी–ट्वेन्टी म्याच खेल्ने तय भएकोमा वेष्टइन्डिजले चौंथो एक दिवसीय खेलपछि गएको अक्टुबर १७ मा भ्रमण रद्द गरेको थियो । वेष्टइन्डिजको क्रिकेट बोर्ड र खेलाडीबीच पैसाको विषयमा कुरा नमिलेपछि वेष्टइन्डिजले भारत भ्रमण रद्द गरेको थियो । बिसिसिआईले डब्लुआइसिबीलाई चार पृष्ठ लामो पत्र लेखेर भ्रमणको तयारीमा भएको खर्च वेष्टइन्डिजले भ्रमण बिचमै रद्द गरेपछि उठ्न नसकेकाले त्यसको क्षतिपूर्ति दिन आग्रह गरिएको छ ।
भारतले मागेको क्षतिपूर्तिको रकम वेष्ट इण्डिज क्रिकेट बोर्डसँग भएको कुल सम्पत्तिको झण्डै तीन गुणा धेरै हो । वेष्ट ईण्डिज क्रिकेट बोर्डले सन् २०१३ को अन्तिममा जारी गरेको आर्थिक विवरण (पिडिएफ) अनुसार उसँग जम्मा १ करोड ५० लाख अमेरिकी डलर मात्र सम्पत्ति छ ।
0 comments:
Post a Comment