Welcome
Dinesh-adhakari-chari
काठमाडौं, कार्तिक २५ ।  डन दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएको तीन महिना पुगे पनि घटना चर्चा अझै सेलाएको छैन । तर चरीका आर्थिक कारोबारबारे अनुसन्धान गर्दा नयाँ नयाँ तथ्य फेला पर्दै गएको छ । अनुसन्धानका क्रममा धादिङकै आबुखोला हाइड्रोमा चरीको करिब पाँच करोड बराबरको शेयर थियो । तर सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिने भएकाले त्यो शेयर उनले आफ्नो नाममा राखेका थिएनन् ।
स्रोतका अनुसार चरीले उक्त शेयर चार्टर्ड एकाउन्टेन्ट विश्वनाथ शाहको नाममा राखेका थिए थिए । अहिले चरीको मृत्यु भइसकेपछि उनको शेयर हडप्नका लागि आबुखोला हाइड्रोका सञ्चालकहरुबची विवाद भएको छ । स्रोतका अनुसार उक्त शेयर बापत चरीले कंडेलसँग लेनदेनको विभिन्न सम्झौता गरेका दृष्टि साप्ताहिकमा खबर छापिएको छ ।
उक्त हाइड्रो निर्माणमा स्थानीय गुण्डाहरुले दुःख दिएपछि एमाले नेता राजेन्द्र पाण्डेले हाइड्रोका सञ्चालक र चरीबीच सहमति गराएर सबै गुण्डा पाखा लगाउने जिम्मा लिएका थिए । त्यसैबापत उनले उक्त स्रोत लिएको स्रोतको भनाई छ । महिनामा एक लाखभन्दा धेरै रकम कम्पनीबाट चरीले बुझ्ने गरेका थिए । गत साउन २३ गते चरीको काठमाडौको भीमढुंगामा प्रहरीसँगको मुठभेडमा मृत्यु भएको थियो ।

0 comments:

Post a Comment

 
Top