Welcome |
प्रदिप राई/ कार्तिक-२४, क्वालालम्पुर । जोहर राज्यको मुहार स्थित वेगमेन्स फर्निचर कम्पनिमा कार्यरत धनुषाका सञ्जय यादबलाई ब्याबस्थापकले काठ प्रहार गरी घाईते बनाए पछी त्यहा कार्यरत कामदारहरुले कम्पनिको काम बन्द गरेका छन ।
कम्पनीका व्यवस्थापकले कामदार कुटेपछि उक्त वेगमेन्स फर्निचर कम्पनीमा कार्यरत चार सय नेपाली हडतालमा उत्रेका हुन । कुटपिटको विरोधमा उनीहरूले गत शुक्रबारदेखि काम ठप्प गरेका सोही कम्पनीमा कार्यरत रमेश राई ले जानकारी दिनु भयो ।
घाइते यादवलाई सामान्य उपचारपछि होस्टेल पठाइएको र कम्पनीमा करिब चार सयभन्दा बढी नेपाली, करिब एक सयभन्दा बढी बंगाली र केही भियतनामी कार्यरत छन् । आन्दोलनमा उत्रिएका नेपालीलाई कम्पनी व्यवस्थापनले आन्दोलन फिर्ता गरी काममा आउन आग्रह गरे पनि नेपालीले विभिन्न चार सूत्रीय माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनमा उत्रिएका केही नेपालीलाई कम्पनीले घर पठाउने धम्कीसमेत दिएको छ ।
उनीहरूलाई मेनपावरले तीन घन्टा ओभरटाइमको सुविधा, हप्तामा दुई दिनको काम ओभरटाइममा गनिने गरी महिनामा १२ सय रिंगेट कमाइ हुन्छ भनेर पठाएको थियो । तर मलेसिया आए पछि उनीहरूलाई एक सप्लायर्स कम्पनीमार्फत सो कम्पनीमा पुर्याइयो । उनीहरूलाई कम्पनीको मातहतमा काम गर्ने कामदारको भन्दा करिब आधामात्र तलब दिइएको थियो ।
0 comments:
Post a Comment