Welcome
कात्तिक-२४, काठमाण्डौ । एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसामु ३२६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । घरेलु टोलीविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै ३२५ रन जोडेको हो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ८७ रनको योगदान दिए । १११ बल खेलेका शेखले ६ चौका प्रहार गरेका थिए । सौरभ खनालले अविजिति ६४ रनको योगदान दिए । सन्दीप सुनारले ४९ रन जोडे । नेपालको खातामा दीपेन्द्रसिंह ऐरीले २० बलमा तीव्र गतिमा बनाएको महत्वपूर्ण ४८ रन रह्यो ।

कप्तान राजु रिजालले ३१ रन जोडेको इनिङमा पछिल्लाक्रममा ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेपछि एक समय ९ रनमा ३ विकेट गुमाइसकेको नेपालले आयोजक कुवेतविरुद्ध विशाल योगफल तयार पारेको हो ।

नेपालले ३९ रन अतिरिक्त रनका रुपमा पायो । कुवेतले जवाफी ब्याटिङ गर्दैछ । पहिलो खेलमा साउदी अरबियालाई फराकिलो अन्तरले हराएको नेपालले आज लगातार दोस्रो जित हात पार्ने दाउमा रहेको छ ।

0 comments:

Post a Comment

 
Top