Welcome |
युएईको अबुधाबीमा एक नेपालीको फुटबल खेल्ने क्रममा ज्यान गएको छ । आबुधाबी पुलिस फोर्स अलएउनमा कार्यरत चितवनका दिपक अधिकारीको फुटबल खेल्नेक्रममा अकस्मात मृत्यु भएको हो ।
उनी कार्यरत कम्पनीकै क्लबमा शनिबार फुटबल खेल्दाखेल्दै उनी एक्कासी मुर्छा परे र तुरुन्तै अस्पताल लैजादैं गर्दा बाटैमा मृत्यु भएको थियो । ११ बर्ष अगाडी रोजगारको शिलशिलामा यूएई आइपुगेका ३७ बर्षिय अधिकारी केहि बर्ष यता आफ्नै परिवारसँग युएईमा रहदै आएका थिए। अहिले उनको शबलाइ जिमी हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ। पोस्टमार्टम लगतै कानुनी तथा आबश्यक प्रकृया पुरा गरी शब नेपाल पठाउन तयारी भइरहेको बताइएको छ । मृतकका अधिकारीको एक छोरा, श्रीमती र बाबुआमा छन् ।
0 comments:
Post a Comment