Welcome |
आज भएको मकवानपुरको चुरियामाई को ट्रक दुर्घटनाको मुख्य कारण सहचालकले चलाएर भएको पुष्टि भएका छ । सर्लाहीबाट ईटा लिएर पोखरा जान लागेको ना४ख १२५२ नम्बरको ट्रक चुरियामाईमा दुर्घट्ना हुँदा ७ जनाको मृत्यु भएको थियो भने ९ जना घाईते भएका थिए । पथलैयाबाट सह चालकले चलाएको ट्रकमा बसेर सर्लाहीबाट चितवनमा धान काट्न जान लागेका ७ जना मजदुरले ज्यान गुमाउनु परेको हो ।
दुर्घटनामा परी औरही ८ सर्लाहीका २५ वर्षका सियाराम महतो, २६ वर्षका झगरु महतो, २२ वर्षका जीत पासवान, ४५ वर्षका रामवली माझी, ३० वर्षका विशेष यादव र ३२ वर्षका जगिलाल महतोको ज्यान गएको छ । ज्यान गुमाउने एकको नाम खुल्न सकेको छैन् ।
ईटा लोर्ड गरेको ट्रकमा ईटामाथि बसेर यात्रा गरिरहेका यात्रुहरु ट्रक पल्टिएपछि त्यही ईटाले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाही औरहीका लक्षु माझी, महेन्द्र पासवान र राजेश राय गंभीर घाईते भएका छन्। सहचालकले कुदाएको ट्रक अनियन्त्रित भएर सडकको बायाँ पट्टी पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकका चालक र सहचालक दुवै फरार छन् ।
0 comments:
Post a Comment