Welcome
BinayRajPandey-300x200
काठमाडौं, कार्तिक २० । नेपाल क्रिकेट संघ क्यानमा सरकारले नयाँ नेतृत्वको घोषणा गरेको छ । क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा सरकारले आज तीन सदस्यीय तदर्थ समिति गठन गरेको हो । पाण्डे अध्यक्ष रहेको समितिमा उपाध्यक्षमा श्रीहर्ष कोइरालालाई तोकिएको छ भने रमेश शिलवाललाई महासचिव तोकिएको छ ।
३५ बर्षबढी नेपाल क्रिकेट संघ क्यानको नेतृत्व गरेर हटेका पाण्डे २००६ सेप्टेम्बरदेखि २०११ नोभेम्बरसम्म क्यानको अध्यक्षमा रुपमा रहिसकेका छन् । स्मरणीय छ यसअघि पाण्डे अध्यक्ष हुँदा कोइराला र सिलवाल दुवैजना उपाध्यक्षमा रहेका थिए ।
बिहिबार बसेको मन्त्री परिषदले टंग आंगबुहांग नेतृत्वको क्यान भ्रष्टाचारमा डुबेको तथा क्यान अस्तव्यस्त भएको भन्दै नयाँ नेतृत्व चयन गरेको सरकारका सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बताउनुभयो । क्यानभित्र भएको भ्रष्टाचारको विषयमा अख्तियारदुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

0 comments:

Post a Comment

 
Top