Welcome |
एजेन्सी ! संसारकै पहिलो ट्रांसफर्मर 'फ्लाइंग कार' उत्पादनको लागि तयार गरिएको छ । यो कारको सडकमा गुड्न देखि आकासमा उड्न सक्ने क्षमताको रहेको छ । स्लोभाकियाई कम्पनीको यो कार केहि दिन पहिले मात्र अष्ट्रियाको 'पायोनियर्स फेस्टिवल' को क्रममा लन्च गरिएको हो । (AeroMobil) नामको यस कम्पनीको कार प्रति टेंक पेट्रोलमा 430 माईल (645 किमी) दूरीसम्म उड्न सक्छ । यो कार अधिकतम ९,८०० फीट माथिसम्म उडाउन सकिन्छ ।
तर पनि यसको मूल्य अहिलेसम्म खुलासा गरिएको छैन । कम्पनीको अनुसार उनीहरुले यसलाई रिडिजाइन गरि बनाएका थिए । कार लन्चिंगको अवसरमा कम्पनीले भने अनुसार एरोमोबाईल एक फ्लाइंग कार हो । यो उडाउन देखि गुडाउनको लागि अब प्रफेक्ट छ ।
अर्को महत्वपूर्ण कुरा यो छ कि उक्त कारलाई कुनै पनि ठाउँमा सहजै पार्किंग गर्न सकिन्छ । यो कारको आफै फोल्ड हुने विंग्स (पंखा) यसलाई अरु सडकमा गुड्ने कार जस्तै बनाईदिन्छ । एरोमोबिल, थर्ड जेनरेशनको लेटेस्ट भर्सन मानिएको छ ।
एरोमोबिलका प्रवक्ता तेतिएना वेबर भन्छन- "हामी फ्लाइंग कार कन्सेप्टमा 1990 देखि काम गर्दै छौं । हाम्रो पहिलो मोडेल केहि अचम्मको थियो र रेग्युलर प्रयोग गर्न सहज थिएन । त्यस पछी हामीले ठान्यौं कि रोड ट्राफिकमा रेग्युलर प्रयोग गर्नको लागि यो कारलाई प्रफेक्ट बनाउ ।"
कार सम्बन्धि केहि जानकारीहरु >>
- कारमा रोटैक्स-912 इन्जिन लागाईएको छ ।
- कार अधिकतम 200 किमी/घण्टाको रफ्तारमा उडाउन सकिन्छ ।
- एरोमोबिलको टेक अफ स्पीड 130 किमी/घण्टा छ ।
- यो टू सीटर फ्लाइंग कार हो ।
- हवाई उडान भर्ने क्रममा प्रति घण्टा 15 लीटर पेट्रोलको खपत हुन्छ ।
- जमीनमा गुड्दा प्रति 100 किमी आठ लीटर पेट्रोलको खपत हुन्छ ।
- कारको कुल तौल 450 किलोग्राम रहेको छ ।
उक्त कारलाई भिडियो तथा तश्विरमा हेर्नुहोस् >>
0 comments:
Post a Comment