April 11, 2025 06:10:19 PM Menu

Welcome

(भारत) अलीगढ । भारतको उत्‍तर प्रदेशको अलीगढमा एक बिबाह हुनु अघि नै टुटेको खबर छ । यसको कारण भाउजुले देवरलाई गरेको किस बन्न पुग्यो । देवरको बिबाहमा जन्ती पुगेकि भाउजुले बिहेको मौकामा उत्साहित भइ आफ्नै देवेरलाई दुलही र उसको सम्पूर्ण परिवार तथा आफन्तको आगाडी किस गरेकी थिईन् । भाउजु यति उत्साहित बनिन कि दूलाहा बनेका देवरलाई डांसफ्लोर सम्म तानेर लगिन । अनि सबैको सामुन्ने किस गरिन् ।

बिबाहको लागि दुवै परिवारका गरि करीब ५०० आफन्त जुटेका थिए । भाउजुद्वारा देवर किस गरिएपछी केटि पक्षकाले जन्ती कुट्न तथा गालि गर्न थाले । उनीहरुले दुलाहालाई समेत बन्दि बनाए । अन्तमा पुलिसले उक्त घटनालाई सम्मे पारेको थियो ।

उक्त बिबाहमा भारतको अलीगढकि मेयर शकुन्तला भारती समेत उपस्थित रहेकी थिईन । उनले बताए अनुसार दुवै पक्षेको मामला मिलाउन पुलिसलाई समेत हम्मे-हम्मे परेको थियो, तर पछी दुवै पक्षले एक-दोश्रा बिरुद्ध एफआईआर दर्ता नगर्ने सहमति गरेको भारतीय संचार माध्यममा खबर छ ।
25 Dec 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top