April 10, 2025 10:19:57 AM Menu

Welcome


उत्तरपुर्वी भारतीय राज्ध मणिपुरबाट एउटा रोचक खबर आएको छ । मणिपुरको राजधानी इमफालको जुबाट एक व्यक्तिलाई बाँदरलाई रक्सी खुवाएको आरोपमा गिरफ्तार गरिएको छ । गल्ती स्वीकार गरेपछि ती व्यक्तिलाई जरिवाना समेत तिराइएको छ ।
मणिपुर जुका डाइरेक्टर जोयकुमार सिंहले बाँदरलाई रक्सी खुवाउने व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे । जोसुआ इनबुओन नाम गरेका व्यक्तिलाई सोमबार जु परिसरबाटै पक्राउ गरिएको आजको नयाँपत्रिकामा समाचार छ ।उनी जुको एउटा बाँदरलाई पेय पदार्थमा मदिरा मिसाएर पिलाउँदै थिए । हाम्रा कर्मचारीले ती व्यक्तिको यस्तो हर्कत देखे र उनलाई तत्काल पक्राउ गरे, उनले भने । बाँदरलाई रक्सी खुवाउने व्यक्ति आफैँले पनि मातिने गरी रक्सी खाएका थिए ।
बाइल्डलाइफ प्रोटेक्सन कानुअन्तर्गत उनलाई पक्राउ गरिएको हो । गल्ती स्वीकार गरेपछि उनलाई तीन हजार रुपैया भारु जरिवाना तिराइएको छ ।
रक्सी खाएपछि बाँदरले कस्तो हर्कत देखाउँदो रहेछ भन्ने थाहा पाउन आफूले यस्तो गल्ती गरेको जोसुआले बताए । पेय पदार्थमा मिसिएको रक्सी खाने बाँदरले असामान्य व्यवहार देखाउन थालेपछि त्यसलाई उपचारका लागि भेनरी डाक्टरकोमा लगिएको थियो ।
25 Dec 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top