Welcome |
मंसिर-२३, मोरङ ।
मोरङको केरौन ६ का ३४ वर्षीय छत्रबहादुर कडुवालको हत्याका लागि आफ्नै पत्नीले भारतको कश्मीरबाट भाडामा मान्छे ल्याइएको खुलेको छ। हत्या गरेबापत ५० हजार रुपैयाँ दिने कबुलसहित पत्नी ३५ वर्षीय देउमाया कडुवालले भाडाका मान्छे लगाएर पतिको हत्या गर्न लगाएकी हुन्। हत्यामा संलग्न रहेको पत्ता लागेपछि देउमायालाई पतिको किरियामा बसेकै ठाउँबाट पक्राउ गरिएको मोरङ प्रहरीप्रमुख एसपी ठूले राईले बताए।
प्रहरीले सोमबार विराटनगरमा हत्यारा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा देउमाया पतिको किरिया गर्दा लगाएको सेतो कपडामै थिइन्। एसपी राईका अनुसार देउमायासहित हत्यामा संलग्न ६ जनालाई पक्राउ गरिएको छ। घटना भएको नौ दिनपछि पत्नीसहित घटनामा संलग्न पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा देउमाया, उनकी छोरी १९ वर्षीया झुमा नेपाल, उनकी जेठी दिदी बयरवन ८ की ५० वर्षीया विष्णुमाया पौडेल, विष्णुमायाका ज्वाइँ बयरवन ७ का २७ वर्षीय प्रकाश भनिने जयबहादुर तिम्सिना, जयबहादुरकी पत्नी ३० वर्षीया रीता तिम्सिना र झापा महेशपुर १ ज्ञानचोकका २० वर्षीय सुरज लिम्बू रहेको एसपी राईले बताए।
सुरजलाई झापाको पृथ्वीनगर र अन्यलाई बयरवन आसपासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न देखिएकी झुमा छत्रबहादुरकी झड्केलो छोरी हुन्। सुरज भने देउमायाका आफन्त होइनन्। जयबहादुर र रीता देउमायाकी दिदी विष्णुमायाका ज्वाइँछोरी हुन्। अन्नपूर्ण पोस्ट दैनिक
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.