April 16, 2025 Menu

Welcome
२९ माघ, बिराटनगर । बिराट गोल्डकप फुटबलमा जगदम्बा लुम्बिनी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले घरेलु टीम मोरङ फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराएको छ ।
बिराटनगरको सहिद रंगशालामा भएको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । खेलको ७३ औं मिनेटमा सन्तोष चौधरीले गोल गरे । तर, ८२ औं मिनेटमा यू-१९ का अनिल गुरुङले बराबरी गोल गरे ।
खेलको थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल भएन र खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।
पेनाल्टी सुट आउटमा लुम्बिनीका विश्वास श्रेष्ठ, रवि सिलवाल, कालु थापा र लक्ष्मण रुचालले गोल गरे भने बर्सात गुरुङले गरेको प्रहार मोरङका गोललक्षक किशोर गिरीले बचाए ।
मोरङका विवेक बस्नेत, सन्तोष चौधरी र सुरेन थापाले गोल गरे भने जसबहादुर राई र राज पौडयालको प्रहार लुम्बिनीका गोल किपरले बचाए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार दुई विभागीय टीम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलबीच खेल हुँदैछ ।
दश टिमले भाग लिएको प्रतियोगिताको विजेताले नगद ५ लाख १ हजार र उपविजेताले ३ लाख १ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
12 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top