Welcome
बार्सिलोनाका स्टार लिओनल मेस्सीले नेपालका झण्डै साढे दुई लाख बालबालिकाको शिक्षाका लागि सहयोग जुटाउन अभियान थालेका छन् ।
बार्सिलोना फाउन्डेसनको अगुवाई तथा युनिसेफ र कतारमा रहेको समाजिक संस्था ‘रिच आउट टु एशिया‘को सहयोगमा ‘१ इन ११’ नामक अभियान सुरु भएको छ । जसले नेपालसहित बंगलादेश र इन्डोनेसियामा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाका लागि सहयोग गर्नेछ ।
Messi 1 in 11
लिओनल मेस्सी
त्यसका लागि युनिसेफको नेपाल कार्यालयले प्राथमिकताका दश जिल्ला छनौट गर्ने बताइएको छ । ‘ती जिल्लाका बिद्यालयहरुमा माध्यमिक तहसम्म खेलकुदका सामाग्री प्रदान गर्ने, अपाङ्ग बालबालिकालाई शिक्षाको पहुँच दिने र सीमान्तकृत र शिक्षाको पहुँच पुग्न नसकेका बालबालिकालाई बिद्यालयसम्म पुर्‍याउने काम हुने छ’ युनिसेफले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
युनिसेफका अनुसार नेपालका १० जिल्लाका झण्डै ४ सय बिद्यालयमा २ लाख ६५ हजार बालबालिका यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।
युनिसेफका सदभावदूतसमेत रहेका स्ट्राइकर मेस्सी र अमेरिकी टेनिस स्टार सेरेना विमियम्सले रकम संकलनका लागि अगुवाई गरिरहेका छन् ।
यसका लागि आजै लण्डनमा बिश्वका चर्चित चित्रकारहरुले दिएका चित्रहरुको लिलामी कार्यक्रम हुँदै छ । जहाँ यसका अभियन्ता लियोनल मेस्सीसमेत उपस्थीत हुनेछन् । लिलामीबाट प्राप्त रकम नेपालका बालबालिकाको शिक्षाका लागि खर्च हुने छ ।
विश्वमा लाखौं बालकालिका अझै स्कुल जान नसकेकाले अभियान सुरु गरिएको मेस्सीले बताए । यो अभियान संचालन गर्नुको कारण खुलाउँदै उनले भने-‘हरेक बालकालिकालाई सपना देख्ने र त्यसलाई साकार पार्ने अधिकार छ । यसका लागि शिक्षा अनिवार्य छ ।’
बिद्यालय शिक्षासँगै खेलकुदसमेत प्रर्बद्धन गर्नुको कारण खुलाउँदै मेस्सीले भने- ‘खेलकुदमार्फत् हामी बालबालिकालाई सम्मान , टीमवर्क र मेहेनत संस्कार सिकाउन सक्छौं, खेलकुदकै कारण बालबालिकालाई बिद्यालय जान प्रेरित पनि गर्न सक्छौं 

0 comments:

Post a Comment

 
Top