Welcome
२९ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को कार्यवाहक अध्यक्षमा दीपक कोइराला चयन भएका छन् । क्यानको बोर्ड बैठकले कार्यवाहक महासचिवमा उत्तम कर्मचार्यलार्इ निरन्तरता दिएको छ भने कोषध्यक्षमा शैलेश चौधरी चयन गरेको छ ।
फाइल फोटो
फाइल फोटो
क्यानको बोर्ड बैठकले ‘मिसन वर्ल्डकप २०१९’ बनाएर कावा अध्यक्ष कोइरालाको नेतृत्वमा समिति गठन भएको छ ।
समितिमा कावा महासचिव र कोषध्यक्षका साथै राष्ट्रिय कप्तान, प्रशिक्षक, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि सदस्य रहनेछन् भने क्यानका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे सदस्य सचिव रहेकी छन् ।
समितिले ०१९ को विश्वकपलार्इ लक्य बनाएर मध्य मेबाट सुरु हुने आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि आवश्यक योजनाहरु बनाउने छ । ‘पहिलो प्राथमिकता च्याम्पियनसिप हो । त्यसका लागि कीर्तिपुर मैदान सुधारदेखि कुन कुन टीमलाई बोलाउने भन्ने सबै योजना बन्नेछ’ कावा महासचिव कर्माचार्यले अनलाइनखबरसँग भने ।
क्यानको बोर्ड बैठकले फागुन २४ गतेदेखि राष्ट्रिय एदिवसीय तथा टी-२० प्रतियोगिता गर्ने निर्णय गरेको छ । फागुन १२ गतेबाट हरिवन र लाहनमा अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता समेत गरिने भएको छ ।
बोर्ड बैठकले अध्यक्षको नेतृत्वमा कार्यसम्पादन समिति र विकास समिति बनाएको छ ।
अनुशासन समितिमा रामचन्द्र शर्मा, प्राविधिकमा उत्तम कर्माचार्य, आर्थिकमा शैलेश र इन्भेन्टमा श्रीनिवास राणाको नेतृत्वमा समिति बनाएको क्यानले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top