April 18, 2025 Menu

Welcome
Ronaldo
७ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको प्रेरणामा रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा शाल्केलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले शाल्केलाई २–० गोल अन्तरले पराजित गरेको हो । च्याम्पियन्स लिगमा रियल मड्रिडको यो लगातार दशौं जित हो, जुन २०१३ मा बार्यन म्युनिखले कायम गरेको रेकर्ड बराबर छ ।
खेलमा रियलले २६ औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । रोनाल्डोले पछिल्लो तीन खेलमा गोल गर्न सकेका थिएनन् । च्याम्पियन्स लिगमा भने उनको यो ५८ खेलमा ५८ गोल हो ।
खेलको ७९ औं मिनेटमा रोनाल्डोको पासमा मार्सेलोले गोल गर्दै रियलको जित सुनिश्चित गरे ।
दोस्रो लेग मार्च १० मा रियलको घरेलु मैदानमा हुनेछ

19 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top