Welcome |
१६ माघ, काठमाडौं । सानो लगानीमा आफ्नै घरमा पाहुनालाई सत्कार गर्ने नेपाली प्रचलन अर्थात होमस्टेले अन्तराष्ट्रिय पर्यटकको मन जित्न थालेको छ ।
उत्कृष्ट सेवा सुबिधाको खोजीमा रहने विकशित मुलुकका पर्यटकहरुले नेपालका मौलिक होमस्टे तथा गेष्टहाउसबाट प्राप्त सुबिधाको तारिफ गर्दै अरुलाई पनि त्यहाँ सुझाव दिएका छन् ।
नेपालका होमस्टे तथा गेष्टहाउसमा बसेपछि उनीहरुले दिएको प्रतिक्रियाका र भोटका आधारमा लोकपि्रय ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ले नेपालका उत्कृष्ट २५ होमस्टे तथा गेष्ट हाउसहरुको सूची सार्वजनिक गरेको छ ।
ट्रिप एडभाइजरको सूचीमा सबैभन्दा बढी काठमाडौं उपत्यका र पोखरामा सञ्चालित होटलहरु परेका छन् । पच्चिस होमस्टे तथा गेष्ट हाउसमध्ये १४ वटा उपत्यकाका र ७ वटा पोखराका रहेका छन् ।
नेपाल घुम्न आएका पर्यटकले काठमाडौं उपत्यका र पोखरामा सञ्चालित होमस्टे तथा गेष्ट हाउसबाट सबैभन्दा राम्रो सेवा पाएको टि्रप एडभाइजरको सूचीले स्पष्ट पार्छ ।
उपत्यकाबाट परेका उत्कृष्ट होमस्टे तथा गेष्ट हाउसमध्ये ९ वटा काठमाडौं, २ वटा भक्तपुर र ३ वटा ललितपुरमा सञ्चालनमा रहेका छन् । यसैगरि पाल्पा र धुलिखेलबाट एक/एक वटा सूचीमा परेका छन भने सौराहाबाट २ वटा गेष्ट हाउस छानिएका छन् ।
बेड एन्ड ब्रेकफाष्टको मात्र सुविधा भएका होमस्टे तथा गेष्ट हाउसलाई ट्रिप एडभाइजरले ‘बी एन्ड बीज एन्ड इन’ श्रेणीमा वर्गिकरण गरेको छ । यी होटलमा सुत्न र विहानको खाजा खान बाहेक अरु सुविधा हुँदैन् ।
तर, ट्रिप एडभाइजरको उत्कृष्ट सूचीमा परेका नेपालका होमस्टे तथा गेष्ट हाउसमा डिनर र लञ्चको समेत व्यवस्था रहेको छ । यी होमस्टे तथा गेष्ट हाउस भन्दा पनि होटल तथा रिसोर्ट क्याटगरिमा पर्छन
0 comments:
Post a Comment