April 26, 2025 Menu

Welcome
‘बीग बोश सिजन ७’को संचालक समेत रहेका बलिउड नायक सलमान खानलाई केही प्रतियोगीको एकहोरो पक्षमा लागेको आरोप लाग्न थालेको छ । हालै मात्र सलमानले अजय देवगनकी साली तनिषाको लागि अन्य प्रतिस्पर्धीलाई थर्काएका थिए । कुशाललाई तनिषाले पहिला धक्का दिएको दृश्य टेलिभिजनमा सार्वजनिक भएपनि सलमानले उनकै पक्षमा कुरा गरेका थिए । सलमानको यो व्यवहारले प्रतिस्पर्धामा सहभागी अन्य प्रतिस्पर्धीहरु निराश देखिएका थिए ।
सलमानको यस्तो व्यवहार पश्चात सामाजिक संजालमा विरोधको स्वर सुनिएको छ । सोमबार दिनभरी नै सलमानले तनिषाको एकहोरो पक्ष लिएको बहस ट्विटरमा छेडिएको थियो ।
सलमानले प्रतिस्पर्धीहरुको कारणले गर्दा नै अब आफूले ‘बीग बोस’को कुनै पनि सिजन नगर्ने बताएका छन् । धेरैलाई लागेको छ अजय र सलमान मिल्ने साथी भएकाले पनि उनले तनिषालाई साथ दिइरहेका छन् ।

29 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top