Welcome |
मानिस उमेरले पाको भएर केही हुँदैन, मन तन्नेरी हुनुपर्छ भनिन्छ, यही कुरालाई प्रमाणित गरिदिएका छन् भारतका एक कलाकारले । गोवामा चलिरहेको ४४ औं अन्तरराष्ट्रिय फिल्म समारोहमा उडिसा राज्यबाट आएका ३५ जनाको टिममा समावेश छन् अटल विहारी । उनी ‘साला बूढा’ नामक सिनेमाको मुख्य कलाकार हुन् । विहारीले ८३ बर्षको उमेरबाट आफ्नो सिने करिअर सुरु गरेका छन् । उनले कलाको कुनै उमेर नभएको बताउँदै कलाको लागि उमेर कहिले पनि बिचमा नआउने बताए ।
अटल बिहारी उडिया थिएटरको लागि निक्कै चर्चित नाम हो । उनले आफ्नो जीवनमा विभिन्न प्रकारका नाटकको निर्देशन गरेका छन् । तर उनको लागि ‘साला बूढा’ पहिलो फिचर फिल्म हो । उनले लगभग ६० वटा नाटक लेखिसकेका छन् ।
अटल बिहारीले फिल्मको बारेमा भने, ‘यो सिनेमाका निर्देशक सब्यसाची महापात्राले मलाई ८३ सालबाट ३८ सालको देखाइदिएका छन् । सुरुवातमा त मलाई यो सिनेमा गर्छु जस्तो लागेको थिएन, तर निर्देशकको विश्वासका कारण काम गर्न सफल भए ।’ उनको परिवारमा श्रीमतीसँगै ३ छोरा र ३ छोरी छन् । तर सिनेमाको बारेमा परिवारलाई बताउँदा विरोधको साटो समर्थन आएको बिहारीको तर्क छ ।
0 comments:
Post a Comment