Welcome |
कार्तिक-२७, राजविराज । तीन वर्षीया नाबालिकालाई चकलेट खान दिएर बलात्कार गरेको अभियोगमा एक युवा जेल पुगेका छन् । राजविराज नपा–३ का १९ वर्षीय कन्हैया कुमार साहलाई जिल्ला अदालतले बिहीबार राजविराज कारागारमा जेल चलान गरेको हो ।
कात्तिक १ गते राति पक्राउ उनलाई जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको आदेशमा पुर्पक्षका लागि कारागार पठाइएको स्रेस्तेदार नवराज दुलालले बताए । राजविराज नपा–७ हटियास्थित माछा गल्लीमा बालिकालाई चकलेट दिएर बलात्कार गर्दा गर्दै स्थानीयले उनलाई कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए ।
कार्तिक २ गते पीडित बालिकाकी आमाले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएकी थिइन् ।
0 comments:
Post a Comment