April 24, 2025 Menu

Welcome
नेपालगञ्जकी एक महिलाले आफूसँग सम्बन्ध रहेका एकजनालाई आगो लगाएर हत्या प्रयास गरेकी छिन्। नेपालगञ्जका सुरेन्द्र शुक्लालाई उनीसँग सम्बन्ध रहेकी निलम सोनीले ओछ्यानमै आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ।

६ सन्तानकी आमा सोनी र शुक्लाबीच केही वर्षदेखि सम्बन्ध बढेको थियो। शुक्ला भने अविवाहित हुन्। प्रहरीका अनुसार सोनीले सुतेका बेलामा मट्टीतेल छर्केर आगो लगाइदिएकी छिन्। उनीहरूबीच केही दिनदेखि खटपट पर्दै आएको थियो।

तर प्रहरी नियन्त्रणमा रहेकी सोनीले भने आफूहरूबीच झगडा परेपछि शुक्काले आफै मट्टीतेल खन्याएर आगो लगाएको आरोप लगाएकी छिन्। सोनकी पतिको मानसिक अवस्था ठीक नभएपछि शुक्कासँग सम्बन्ध बढेको प्रहरीको भनाई छ।
अहिलेसम्म पुरुषले महिलालाई जलाएर हत्या प्रयास गरेपनि महिलाले पुरुषमाथि आगो लगाइदिएको यो पहिलो घटना हो ।
13 Nov 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top