Welcome |
कार्तिक, काठमाडौं ।
एउटा अनौठो अनि डरलाग्दो घटना अमेरिकाको अर्कान्ससमा अवस्थित ‘लिटल रक जु’ मा घटेको छ । घटना हो चिडियाखानामा बाघ हेर्न गएका परिवार मध्ये तिन बर्षिय बालक २ बाघको बिचमा खसेपछि त्यहाँ एकदिन हंगामा नै मच्चियो । तर उनी जिवित नै छन् । गत अक्टोबर १० तारिखका दिन शुक्रबार आफ्नो तीन वर्षीय छोरालाई अमेरिकाको अर्कान्ससमा अवस्थित ‘लिटल रक जु’ मा जनावरहरु देखाउन लिएर जाने क्रममा एउटा परिवारले निकै डरलाग्दो घटनाको सामान गर्नुपरेको हो ।
बाघलाई हेर्ने क्रममा ती बालकसँग उनका हजुरबुवा र बुवा पनि सँगै थिए । निकै रमाइरहेका उनका बुवा बाघको फोटो खिच्न मस्त थिए भने हजुरबुवा कोण–कोणबाट बाघलाई हेर्न चाहन्थे । त्यसकारण उनलाई पत्तै भएन कतिबेला उनले आफ्ना पर्खाल माथि राखिएको नातीलाई छोडे । जब ती बालक माथि पर्खालबाट खसे तब त्यहाँ रहेका दुईवटा बाघले उनलाई आक्रमण गरे ।
पुलिस रिपोर्टका अनुसार उक्त बालकका हजुरबुवाले ती बालकलाई बाघ हेर्नका लागि रेलिङमाथि राखेका थिए । उनका बुवा एन्ड्रिउ गार्बर फोटो खिच्नमा व्यस्त थिए । ती बालक साढे चार मिटर माथिबाट बाघको खोरमा झरेका थिए । प्रत्यक्षदर्शीको भनाई अनुसार उक्त बालकलाई एउटा बाघले घाँटीमा र अर्कोले खुट्टामा टोकेको थियो ।
नाती बाघको खोरमा खसेको देखेपछि आत्तिएका हजुरबुवाले क्यामराको ब्याग र आफ्ना वरिपरि भएका सामानहरु फाले । अन्ततः चिडियाखानाका कर्मचारीहरुले फायर एक्टिंगुइसरको मद्दतले बाघलाई त्यहाँबाट भगाउन सफल भए र बालकलाई त्यहाँबाट तत्काल उद्दार गर्न सफल भए । उक्त बालक माथिबाट खसेका कारण टाउकोमा गहिरो चोट लागेको छ भने बाघको आक्रमणले गर्दा गहिरो घाउ भएको छ ।
बालकको अर्कान्सस चिल्ड्रन हस्पिटलमा उपचार भइरहेको छ । बालकको अवस्था चिन्ताजनक रहेको हस्पिटलका डान म्याक फडेनले जानकारी दिएका छन् । (एजेन्सी)
0 comments:
Post a Comment