Welcome |
ललित बोहरा/कार्तिक-२३, डडेल्धुरा । गएको असोज ३० गते डडेल्धुराको भागेश्वर गाविसको एक जंगलमा सिकार खेल्दै गर्दा आफ्नै साथीले चलाएको बन्दुकको गोलीले लागेर एक जनाको ज्यान गएपछि पक्राउ परेकाहरु आज प्रहरीले सार्वजनिक गरेको छ ।
भागेश्वर गाविस ४ स्थित बेताल सामुदायिक बनको झाल्पोखरा भन्ने जंगलमा सिकार खेल्दै गर्दा आफ्नै साथीले हानेको गोली लागेर रुपाल गाविस १ का ४८ बर्षीय उदय गिरीको ज्यान गएपछि उक्त घटनामा संलग्न १० जनालाई प्रहरीले आज पत्रकारहरु माझ सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा रुपाल १ का चक्र नाथ, सोही ठाउँका धनी नाथ, बगरकोट ५ का करन घर्तिमगर, सोही ठाउँका प्रेम घर्तिमगर, कृष्ण थापा र भागेश्वर ४ का भाष्कर भट्ट, बगरकोट ५ का भिम गुरुङ, सोही ठाउँका मिन बहादुर पुन, बगरकोट ५ का ३८ बर्षीय रञ्जित थापा र रुपाल १ का मदन भनिने १७ बर्षका यज्ञराज नाथ रहेका छन् ।
साथै दिपायल पृतनामा कार्यरत एक जना नेपाली सेनाका जवानको समेत उनीसँग केही सम्बन्ध रहेको र उनलाई पनि पक्राउ गरी सकिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बरामद गरिएका ७ थान अबैध हतियार(भरुवा बन्दुक) समेत सार्वजनिक गरिएको छ । डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाले उनीहरुलाई सार्वजनिक गर्दै दशै जना बिरुद्ध अहिले कर्तब्य ज्यान मुद्धा चलिरहेको भने उनीहरुबाट बरामद गरिएको हतियार अबैध रहेकाले केही समयपछि जिल्ला प्रसासन कार्यालयले उनीहरु बिरुद्ध हातहतियार खरखजना सम्बन्धि मुद्धा समेत चलाउने छ । सार्जजनिक गरिएका सबै जना ८÷१० बर्ष देखी सो जंगलमा सिकार गर्दै आएको प्रहरीको भनाई छ ।
0 comments:
Post a Comment