April 16, 2025 02:28:19 AM Menu

Welcome
२९ माघ, विराटनगर । विराट गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने आजको उद्घाटन खेलमा मोरङ फुटबल क्लब र जगदम्बा लुम्बिनीले  प्रतिष्पर्धा गर्नेछन् ।
BIRAT-GOLDCUPफागुन सात गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राजधानी तथा मोफसलका गरी आठ टीमको सहभागिता रहने छ । त्यस्तै दुई भारतीय टीम पनि रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्याङ्दी, थ्री स्टार, जगदम्बा लुम्बिनी, मोरङ फुटबल क्लब र झापा ११ सहभागी छन् । त्यस्तै भारतीय दुई टोलीमा कोलकाताको जर्ज टेलिग्राफ टिम र युनाइटेड सिक्किमले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । प्रतियोगिताको बिजेताले पाँच लाख एक हजार तथा उपविजेताले तीन लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
- See more at: http://www.onlinekhabar.com/2015/02/240256/#sthash.9mAbUbVM.dpuf
12 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top