April 17, 2025 04:05:24 PM Menu

Welcome
१ फागुन, काठमाडौं । माओवादीहरुले आज २० औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् ।
maoist-army-training-02
दिवसको अवसरमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अलग अलग कार्यक्रम आयोजना गरेका छन् । एकीकृत माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा, वैद्य माओवादीले बसन्तपुरमा र विप्लव माओवादीलेे बालाजु पार्कमा कार्यक्रम आयोजना गरेको छ भने जमलस्थित राष्ट्रिय नाँचघरमा शुभकामना तथा सांस्कृतिक साँझ अायोजना गरेको छ ।
वैद्य माओवादीले संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिक सभाको माग गर्दै आजैदेखि दुई महिने मेचीकाली अभियान समेत सुरु गर्दैछ ।
12 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top